धनगढी उपमहानगरपालिका वडा नम्बर-१ पशुपति टोलमा भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थप गरिएको छ। गत मङ्सिर २२ गते देखी सुरु भएको महोत्सव पुष २ गते सम्पन्न गरिने कार्यक्रम थियो।
२०६३ सालदेखि सुरु गरिएको सुदूरपश्चिम महोत्सव पर्यटन, कला संस्कृति,उद्योग र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिँदै आएको छ।
दर्शकहरूको उत्साहजनक सहभागिता बढेको र माग बमोजिम महोत्सवको अवधि ३ दिन थप गरेको कुरा आयोजकले जनाएका छन्। पत्रकार सम्मेलन गर्दे कैलाली उद्योग वाणिज्य सघंले महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जानकारी दिएका छन।