नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक मनोज प्रभाकरको राजीनामा


नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक मनोज प्रभाकरको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक मनोज प्रभाकरले आज राजीनामा बुझाएका छन् । उनले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा भदौ ८ गते एक वर्षको सम्झौता गरेका थिए।क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि पूर्व भारतीय अलराउन्डर प्रभाकरलाई भदौमा नियुक्त गरिएको थियो।

क्यानले विज्ञप्ति जारी गर्दै ,उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ र उनलाई भविष्यको लागि शुभकामना सन्देश पनि व्यक्त गरेको छ।प्रभाकरले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले पद छाड्न दबाब दिएपछि प्रभाकर सोमबार भारत गएका थिए ।

मनोज प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन्। प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोली र अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गर्ने अनुभव रहेको छ।