मोरक्कोलाई २-० ले हराउँदै,फ्रान्सले इतिहास रच्यो


मोरक्कोलाई २-० ले हराउँदै,फ्रान्सले इतिहास रच्यो

कतारको अल-बायत स्टेडियममा फिफा विश्वकप २०२२ को सेमिफाइनल खेलमा मोरक्कोलाई २-० ले हराएर फ्रान्स फाइनलमा प्रवेश गरेको छ। थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई प्रमुख सफलता दिलाएका थिए।

 यसरी सन् १९९८ मा लगातार विश्वकपको फाइनलमा पुग्ने ब्राजिललपछि फ्रान्स पहिलो डिफेन्डिङ च्याम्पियन बनेको छ। केलियन एमबाप्पे स्टार रहेको फ्रान्सले फिफा विश्वकप २०२२ को फाइनलमा लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनासँग आइतबार भिड्नेछ ।

डिडिएर डेसच्याम्प्सको प्रशिक्षणमा मैदानमा उत्रेको फ्रान्सले मोरक्कोलाई २-० ले हरायो। खेलको ५औं मिनेटमा डिफेन्डर थियो हर्नान्डेजले कतार विश्वकपमा फ्रान्सका लागि सबैभन्दा छिटो गोल गरे । दोस्रो हाफमा आफ्नो अग्रता विस्तार गर्दै, वैकल्पिक खेलाडी रान्डल कोलो मुआनीले ७९ औं मिनटमा फ्रान्सका लागि दोस्रो गोल गरेपछि डिफेन्डिङ च्याम्पियनले मोरक्कोको फाइनलमा पुग्ने सपना अन्त्य गर्‍यो।