एलोन मस्कको घटेको सम्पत्ति ,यी देशहरुको जीडीपीभन्दा बढी


एलोन मस्कको घटेको सम्पत्ति ,यी देशहरुको जीडीपीभन्दा बढी

एलोन मस्क ,टेस्ला र ट्विटरका मालिक यस हप्ता उनी अब संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा छैनन्। फोर्ब्स र ब्लूमबर्ग समाचारका अनुसार यो स्थान अब फ्रान्सका बर्नार्ड अर्नाल्ट, विलासी सामान निर्माता LVMH का अध्यक्ष र सीईओको हो।

सन् २०२१ को सेप्टेम्बरमा अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पारेपछि टेस्ला र स्पेसएक्सका मालिक शीर्ष स्थानबाट झरेको यो पहिलो पटक हो।

विश्व बैंकको तथ्याङ्कअनुसार ,उथलपुथलपूर्ण वर्षमा मस्कको सम्पत्ति १०० अर्ब डलरले घटेको छ।जुन बुल्गेरिया, क्रोएसिया, आइसल्याण्ड र उरुग्वेको जीडीपीभन्दा बढी हो।अर्नाल्टको कुल सम्पत्ति अहिले १९०.९ बिलियन डलर छ भने मस्कको सम्पत्ति १७४ बिलियन डलर रहेको छ।