काठमाडौं- काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार २२ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेका सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारका अनुसार बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर ब्रतबन्धनमा सहभागी भएर फर्किंदै थियो ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि गएको बस बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किँदै थियो ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउन समेत गृहमन्त्रीले निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।