अध्यादेश भनेको के हो?


अध्यादेश भनेको के हो?

अध्यादेश भनेको के हो?

अध्यादेश ऐन सरह लागू हुने गरी जारी गरिने कार्यकारी आदेश हो।नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ मा “व्यवस्थापिका– संसदको अधिवेशन वा बैठक चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेको भत्रे कुरामा राष्ट्रपति सन्तुष्ट भएमा यस संविधानमा लेखिएका कुराहरूको प्रतिकूल नहुने गरी मन्त्रिपरिषद्को सिफारिसमा आवश्यक अध्यादेश जारी गर्न सक्नेछ” भत्रे व्यवस्था छ । उपरोक्त प्रावधान बमोजिम अध्यादेश जारी गर्दा देहायका कुराहरूमा ध्यान पुर्याउनुपर्ने देखिन्छ –

क. व्यवस्थापिका–संसदको अधिवेशन वा बैठक चलिरहेको अवस्था हुन नहुने,

ख. तत्कालै कानूनी व्यवस्था नगरेमा काममा बाधा पर्ने अवस्था रहेको हुनुपर्ने,

ग. तत्कालै कानूनी व्यवस्था गर्नुपरेको भत्रे कुरामा राष्ट्रपति सन्तुष्ट हुनुपर्ने,

घ. जारी हुने अध्यादेश संविधान अनुकूल हुनुपर्ने ।

 अध्यादेश प्रक्रिया कसरी जारी हुन्छ?

सम्बन्धित मन्त्रालयले तत्काल कानूनी व्यवस्था गर्न परेको कारण अवधारणा तथा नीतिपत्र सहित अध्यादेश जारी गर्ने सम्बन्धमा राय परामर्शको लागि कानून मन्त्रालयमा पठाउनु पर्छ । कानून मन्त्रालयबाट राय परामर्श प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले सिद्धान्त स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्छ । मन्त्रिपरिषद्बाट सिद्धान्त स्वीकृत भएमा अध्यादेशको मसौदाको तर्जुमाको लागि कानून मन्त्रालयमा पठाउनु पर्छ । कानून मन्त्रालयबाट मसौदा तर्जुमा भई कारबाही अघि बढाउन सहमति प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुपर्छ । मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति सन्तुष्ट भएमा अध्यादेश जारी हुन्छ । सो अध्यादेश कानून मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गराउने व्यवस्था गर्छ ।
-लेखापढी डटकम