ट्रकले ठक्कर दिँदा धनुषाको मिथिला नगरपालिका-९ मा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृतक सप्तरी, जोगिनिया बस्ने ४५ वर्षीय राधेश्याम रजक साफी रहेको खुलेको छ। घाइते अवस्थामा रहेका साफिको उपचारका क्रममा मोडेल अस्पताल लालगढमा मृत्यु भएको हो।
ज १० प ७८३९ नम्बरको मोटरसाइकलमा सवार साफी ढल्केबरबाट बर्दिबासतर्फ आउँने क्रममा सोही दिशा तर्फ आउदै गरेको ना ६ ख २४१० नम्बरको ट्रकले बिहान साढे १० बजे ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।