यी देशमा कोकाकोला पाइँदैन


लेखक : लेखापढी      २६ मंसिर २०७९, सोमबार १२:२२ मा प्रकाशित     
यी देशमा कोकाकोला पाइँदैन

तपाईलाई लाग्न सक्छ कोका कोला यस्तो चीज हो जुन तपाईले संसारमा कहीं पनि पाउन सक्नुहुन्छ। तर उत्तर कोरिया र क्युबामा लामो समयदेखि अमेरिकी व्यापार प्रतिबन्धका कारण यहाँ पाइँदैन।

क्युबामा किन बन्द गरियो?

कोका-कोलाले सन् १९०६मा क्युबामा आफ्नो प्लान्ट सुरु गर्यो। दुई वर्ष पछि, सन् १९६२मा क्युवाली क्रान्ति सुरु भयो र कोका-कोलाको उत्पादन बन्द भयो। क्यास्ट्रोको सरकारले विदेशी कम्पनीहरूको सम्पत्ति जफत गर्‍यो।त्यसैले कोका-कोलाको उत्पादनमा प्रतिबन्ध लगाइयो।त्यसबेलादेखि कोका-कोलाले क्युबासँगको व्यापार बन्द गरेको छ।

उत्तर कोरियामा किन बन्द गरियो?

कोकाकोला उत्तर कोरियामा पनि बिक्री हुँदैन। सन् १९५० र सन् १९५३ को बीचमा कोरियाली युद्ध भएको थियो।जसका कारण अमेरिकाले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएको थियो।सन् १९८० मा उत्तर कोरियाले दक्षिण कोरियामा बम प्रहार गरेपछि अमेरिकाले कडा कानुन बनाएको थियो। त्यसैले, कोका-कोला उत्तर कोरियामा बिक्री हुँदैन।