इटालीको रोममा अन्धाधुन्ध गोली चल्दा प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु,चार घाइते


इटालीको रोममा अन्धाधुन्ध गोली चल्दा प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु,चार घाइते

रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीका नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर रहेको छ ।

रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई “हिंसाको गम्भीर घटना” भनेर भनेका छन् र आपातकालीन बैठक बस्ने बताए।

५७ वर्षीय एक संदिग्ध हिरासतमा छन्। समितिका केही सदस्यहरूसँग उनको विवादको रहेको कुरा रिपोर्टहरूले जानकारी दिएका छन्।समितिकी उपाध्यक्ष लुसियाना सिओर्बा फिदेने पनि क्याफेमा थिइन्।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो रहेको भनेकी छिन्। अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले एक फेसबुक पोस्ट गर्दै गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छिन्।