डिफेन्डिङ च्याम्पियन फ्रान्स सेमिाइनलमा प्रवेश


लेखक : लेखापढी      २५ मंसिर २०७९, आईतवार ०६:२९ मा प्रकाशित     
डिफेन्डिङ च्याम्पियन फ्रान्स सेमिाइनलमा प्रवेश

कतारको अल बायत स्टेडियममा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई २-१ ले पराजित गरेको छ । 

खेलको १७औं मिनेटमा ओरेलियन चौआमेनीको गोलबाट डिफेन्डिङ च्याम्पियनले अग्रता लिएको थियो । ५४औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्ल्यान्डलाई बराबरीमा ल्याए भने ७८औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । केनको पेनाल्टी सुट असफल भएपछि इङ्ल्यान्डले फेरि एकपटक बराबरी गर्ने मौका गुमाउन पुग्यो। जित सँगै फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।