‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ संगै ‘रुइसे दरबार’ कृतिको विमोचन पुस १६ मा


‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ संगै ‘रुइसे दरबार’ कृतिको विमोचन पुस १६ मा

काठमाडौं- समाजशास्त्री डा. दलिप कुमार मल्लका ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ ‘रुइसे दरबार’ नामक दुई पुस्तक आगामी पुस १६ गते (शनिबार) विमोचन हुने भएका छन् ।

डा. मल्ल द्वारा  लिखित र शिखा बुक्सद्वारा प्रकाशित यि दुबै कृतिहरु मध्ये ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ द्वन्द्धले पारेको सामाजिक मनोवैज्ञानिक असरबारेको कथा संग्रह हो भने ‘रुइसे दरबार’ ऐतिहासिक सामाजिक उपन्यास हो । 

पुस्तक विमोचन कार्यक्रम ‘ठकुरी कला संस्कृति प्रतिष्ठान’को आयोजनामा पुस १६ गते दिउँसो १ बजे ‘कुण्डलिनी दरबार ब्याङ्केट’ चप्पलकारखाना, चक्रपथमा हुने भएको छ । 

समाजशास्त्री डा. मल्लका विभिन्न विधाका आधादर्जन कृति प्रकाशन भइसकेका छन् भने केही प्रकाशोन्मुख छन् । विशेष गरि सामाजिक र राजनैतिक क्षेत्रमा कमल चलाउने डा. मल्लका गीत तथा गजल समेत सार्वजनिक भइसकेका छन् । 

डा. मल्ल यस अघि गायक तथा संगीतकार लक्षुप्रकास मल्लको स्वर रहेको र ‘इ’ क्रोमेटिक अर्थात (१२ वटै स्केल)मा संगीत तयार पारि ‘एभरेष्ट वल्ड रेकर्ड’ कायम गर्न सफल ‘म वियोगमा बाँचिरहे’ बोलको गीतका गितकार समेत हुन् । 

समाजशास्त्री मल्ल बिगत लामो समयदेखि नेपाली इतिहास एबं मौलिक भाषा, धर्म, रितिथितिबारे गहिरो अध्ययन अनुसन्धान समेत गर्दै आएका छन।