१३औं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई पदक


१३औं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई पदक

१३औं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई श्वेता कपाली र प्रज्वल मान शाक्यले पदक दिलाएका छन्

थाईल्याण्डको फुकेटमा भइरहेको शारीरिक सुगठन प्रतियोगितामा नेपालकी श्वेता कपालीले रजत पदक जितेकी छिन् भने प्रज्वल मान शाक्यले कास्य पदक जित्न सफल भएका छन्।

१३औं विश्व शारीरिक सुगठन प्रतियोगिताको महिला मोडल फिजिक्सको विधामा श्वेता कपालीले रजत पदक जितेकी हुन् ।उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।

प्रतियोगितामा कुल ४४ देशले सहभागिता जनाएको थियो।प्रि-जजिङ राउण्डमा श्वेताको समूहमा १० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । फाइलन राउन्डमा नेपाल लगायत हंगेरी, हङकङ, थाइल्याण्ड र मंगोलियाका खेलाडीहरूले प्रवेश गरेका थिए । प्रतियोगितामा स्वर्ण पदक चाहिँ हङकङकी तु सुयत यानले जितेकी छिन् । 

त्यसैगरी, प्रतियोगितामा प्रज्वल मान शाक्यले पुरुष ६५ केजी तौल समूमा भाग लिएका थिए।उनी ९ जना प्रतिस्पर्धीबाट प्रि-जजिङ्ग राउण्ड पार गर्दै २ जना भारतीय,थाई र बहराइनका खेलाडीसँगै फाइनलका लागि चयन भएका थिए।प्रज्वल मान शाक्यले भारत र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका हुन। उक्त समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए।