हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरेर राष्ट्रिय पार्टी बन्न सफल भएको थियो। समानुपातिक पद्धति अनुरूप पार्टीले ७ जना सदस्यहरूलाई प्रतिनिधिसभामा पठाउन मिल्ने भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।हिजो शनिबार ११ बजे बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धति अनुसार पाएको ७ जनाको नाम टुंगो लगाएको हो।
खस आर्य समुदाय बाट
१.पशुपतिशमशेर जबरा
२.रोशन कार्की
३.गीता बस्नेत
आदिबासी जनजाति समुदाय बाट
४.बुद्धिमान तामाङ
५.बिना लामा
मधेशी समुदाय बाट
६. बिना जयसवाल
दलित समुदाय बाट
७.अनिता नेपाली