दिग्गज अभिनेत्री वाणी कपुरको हत्या ,आरोपी छोरालाई प्रहरीले पक्राउ गर्यो


लेखक : लेखापढी      २५ मंसिर २०७९, आईतवार १२:३१ मा प्रकाशित     
दिग्गज अभिनेत्री वाणी कपुरको हत्या ,आरोपी छोरालाई प्रहरीले पक्राउ गर्यो

बलिउडमा एउटा सनसनीपूर्ण,डरलाग्दो अपराधको घटना बाहिर आएको छ।दिग्गज अभिनेत्री ७४ वर्षीया वाणी कपुरको हत्या भएको छ।उनी टीवी र फिल्म क्षेत्रमा देखिने एक चर्चित अनुहार थिइन् । 

 जुहुमा एक महिलाको हत्यापछि शव भेटिएको खबर आएपछि पहिचानको क्रममा उनी दिग्गज अभिनेत्री वीणा कपुर रहेको खुलेको हो।उनको शवलाई प्लास्टिकको झोलामा बाँधेर नदीमा फ्याँकिएको थियो। 

अभिनेत्रीका छोरा सचिन कपुरले आफ्नी आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । छोरा र आमा वीणा कपुर विरुद्धको मुद्दा अदालतमा चलिरहेको थियो । दुईबीच लामो समयदेखि सम्पत्तिको विवाद चल्दै आएको थियो । हत्या मुद्दामा प्रहरीले घरका नोकर लालुकुमार मण्डललाई पनि पक्राउ गरेका छन्। वीणा कपुरका दुई छोरा छन्, उनका जेठा छोरा अमेरिकामा सफ्टवेयर इन्जिनियर छन् । रिपोर्टका अनुसार वेरोजगार रहेका सचिन आफ्नी आमासँग जुहुमा चार बेडरूमको फ्ल्याटमा बस्थे।