ब्राजिल विश्वकपबाट बाहिरियो


लेखक : लेखापढी      २४ मंसिर २०७९, शनिबार ०२:१९ मा प्रकाशित     
ब्राजिल विश्वकपबाट बाहिरियो

कतारको अल रेयानस्थित एजुकेशन सिटी स्टेडियममा क्रोएसिया र ब्राजिलबीचको विश्वकपको क्वार्टरफाइनल फुटबलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले जीत हासिल गरेको छ।

विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको छ । ९० मिनेटमा क्रोएसियाले ब्राजिललाई गोल गर्नबाट वञ्चित राखेको थियो ।नेयमारको जादुई क्षणले अग्रता लिएको ब्राजिलले अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाका ब्रुनो पेट्कोभिकले गोल गर्दै खेललाई पेनाल्टीमा पुर्याए ।

पेनाल्टी सुटआउटमा क्रोएसियाका तर्फ बाट- निकोला भ्लासिक, मिस्लाभ ओरसिक, लोभरो मेजर र लुका मोड्रिचले गोल गरे तर ब्राजिलका लागि त्यस्तै भएन। रोड्रिगोको ओपनिङ पेनाल्टीलाई खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डोमिनिक लिभाकोभिकले बचाए र माक्विनहोसले पनि प्रहार मिस गरे।अब क्रोएसियाले सेमिाइनलमा खेल्ने छ।