सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र – मोरोक्को


लेखक : लेखापढी      २४ मंसिर २०७९, शनिबार २३:०८ मा प्रकाशित     
सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र – मोरोक्को

मोरोक्कोले विश्वकपमा आफ्नो सपनाको दौड लम्ब्याउँदै पोर्चुगललाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । युसेफ एन नेसिरीको हेड गोलको मद्दतले मोरोक्को सेमिफाइनलमा पुगेको छ । ४२औं मिनेटमा एन-नेसिरीले पोर्चुगलका डिफेन्डरहरूमाथि उफ्र्दै याह्या अटियाट-अल्लाहको क्रसलाई हेड गरेर गोलमा परिणत गरे। 

 पोर्चुगलले मोरक्कोको डिफेन्सलाई तोड्न धेरै संघर्ष गरेपनी असफल रह्यो। क्रिस्टियानो रोनाल्डो खेलको ५१ मिनटमा मैदानमा प्रवेश गरेका थिए तर आफ्नो टोलीलाई हारबाट बच्न मद्दत गर्न सकेनन।मोरक्कोले शनिबार पछि खेल्ने इङ्ल्यान्ड वा फ्रान्स मध्ये विजेतासँग सेमिफाइनल खेल्नेछ। मोरक्कोका वालिद चेदिराले अतिरिक्त समयमा लगातार दुई पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।अब चेदिराले सेमिफाइनल खेल्ने अवसर गुमाएका छन्।