कतार विश्वकपमा चर्चित अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको निधन


कतार विश्वकपमा चर्चित अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको निधन

कतार विश्वकपमा चर्चित अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको निधन भएको छ।

प्रख्यात अमेरिकी पत्रकार ग्रान्ट वाहलको कतारमा विश्वकप कभर गर्ने क्रममा प्रेस रुममा एक्कासी ढलेर निधन भएपछि खेल जगतमा शोक छाएको छ । उनी शुक्रबारको अर्जेन्टिना-नेदरल्यान्ड्स खेल कभर गर्ने क्रममा ढलेको एक प्रत्यक्षदर्शी बताए। 

प्यारामेडिकहरूले वाहललाई स्ट्रेचरमा स्टेडियमबाट लगिनु अघि लगभग २०-३० मिनेटसम्म उपचार गरे। उनलाई शनिबार बिहान कतारको हमाद जनरल अस्पतालमा मृत घोषणा गरिएको थियो । मृत्युको कारण स्पस्ट भएको छैन। आफ्नो आठौं विश्वकप कभर गर्दै आएका वाहलले सोमबार आफ्नो वेबसाइटमा कतारमा रहेको बेला मेडिकल क्लिनिक गएको कुरा उल्लेख गरेका थिए ।

वाहलले दुई दशकभन्दा बढी समयसम्म फुटबललाई कभर गरेका थिए।जसमा ११ विश्वकप ( ६ पुरुष, ५महिला) र खेल सम्बन्धी धेरै पुस्तकहरू लेखेका छन्।