सिके राउतले चयन गरे आफ्ना समानुपातिक सांसद


सिके राउतले चयन गरे आफ्ना समानुपातिक सांसद

हालै सम्पन्न निर्वचनको नतिजा आएसँगै राष्ट्रिय पार्टी बनेका दलहरुले समानुपातिकको छनोट प्रक्रिया अगाडि बढाएका छन्।यसै क्रममा सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सांसदको नाम सूचि तयार पारेको छ। जनमत पार्टीले पहिलो आम निर्वाचन मै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ ।

 सम्पन्न निर्वचनमा ३,९४,६५५ मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएको थियो।बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकको सूचि पठाउने निर्णय गरेको छ । जसअनुसार,

१.अनिता साह

२. सोनु मुर्मुर

३.अब्दुल खान

४. बिनिताकुमारी सिंह 

५.गोमा सापकोटालाई