फोर्ब्सको सूची अनुसार ,ट्विटर र टेस्लाका सीईओ इलोन मस्कले बर्नार्ड अर्नाल्टलाई ग्रहको सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो नम्बर 1 स्थान सुम्पेका छन्। बर्नार्ड लक्जरी ब्रान्ड लुइस भिटनका प्रमुख कार्यकारी अधिकृत हुन। डिसेम्बर ८ दिउँसो ३.४९ बजेसम्म टेस्लाको शेयरमा ३.२१ प्रतिशतले गिरावट आएपछि एलोन मस्कको नेटवर्थ १८५.४ बिलियन डलरमा झरेको थियो। यो अर्नाल्टको हालको $१८६.६ बिलियन नेटवर्थसँग तुलना गरिएको हो। डिसेम्बर ८ मा फोर्ब्सको वास्तविक-समय अरबपतिहरूको सूचीमा, बर्नार्ड अर्नाल्टले एलोन मस्कलाई उछिनेको यो दोस्रो पटक हो।
तेस्रो स्थानमा अहिले गौतम अडानी ($१३४.५ बिलियन) छन्। त्यसपछि जेफ बेजोस ($१११.८बिलियन), वारेन बफेट ($१०५.९ बिलियन), बिल गेट्स ($१०५.३बिलियन) र ल्यारी एलिसन ($१०१.५बिलियन डलर) छन्। अदानी समूहका अध्यक्ष गौतम अडानी यस वर्ष सेप्टेम्बर १६ मा विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल-टाइम अर्बपतिहरूको सूची अनुसार, अदानीको कुल सम्पत्ति सेप्टेम्बर १६, २०२२सम्ममा $ १५५.७ बिलियन थियो।जसले अमेजनका जेफ बेजोसलाई पछाडि छोड्यो। यद्यपि, अर्नाल्ट पछि दोस्रो सबैभन्दा धनी बन्न सफल भएका थिए।