लोकसेवा आयोग तयारी: समसामयिक सामान्य ज्ञान


लोकसेवा आयोग तयारी: समसामयिक सामान्य ज्ञान

समसामयिक सामान्य ज्ञान

१.विश्व स्वास्थ्य संगठन को स्थापना कहिले भएको थियो?

– सन् १९४८ ( मुख्यालय- जेनेभा)

२.नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?

– वि.स. २०७६ वैशाख ५

३.सन् २०२१ को यूरो गोल्डन सु अवार्ड कसलाई मिलेको थियो?

– रोबर्ट लेवानदोस्की(बायन म्युनिख)

४.सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गरेको हो ?

– वि.स. २०७६ वैशाख १

५.राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्था सम्बन्भी विवरणअनुसार आव २०७५-७६को पहिलो आठ महिना अवधिमा व्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ?

-२४.५ प्रतिशत

६.शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?

– हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुयाउँ

७.कुन आर्थिक वर्षको बजेट देखि लोपोन्मुख जातीका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो ?

– आ.व. २०६६-६७ देखि

८.उभिएर सितार बजाई गिनिजबुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला को हुन् ?

-सीतामैयाँ राजचल (सितारवादक एवं सांस्कृतिक संस्थाकी कलाकार)

९.विश्व खाद्य सुरक्षा दिवस २०१९ को नारा के थियो ?

– खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता

१०.नेपाल टेलिकमले कहिले देखि भारत र चीनमा रोमीङ सेवा सञ्चालन गर्‍यो ?

– २०७६ वैशाख १६

११.प्रसिद्ध सहलेस फूलबारी कहाँ रहेको छ ?

-सिरहा

१२.प्राचीनकालको ‘राम चरित्र मानस’ र आधुनिककालको ‘कृष्णायान’ कुन भाषाका प्रशिद्ध महाकाव्य हुन् ?

-अवधि

१३.श्रीलंकाले वुर्का लगाउने चलन कहिले देखि प्रतिवन्ध लगायो ?

-सन् २०१९ अप्रिल २९

१४.काठमाडौं उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दीर छन् ?

-प्यागोडा

१५.नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस कहिले मनाइन्छ ?

– मे २

१६.काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?

-काष्ठकला

१७.वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था कुन हो ?

-समता स्कुल काठमाडौं(वि.स. २०७६ वैशाख २)

१८.प्रसिद्ध पुलिट्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ?

-क्यापिटल ग्याजेट (अमेरिकी स्थानीय अखबार-सन् २०१९ अप्रिल)

१९.नेपाल संवतका प्रणेता एवं संस्थापक को हुन् ? 

– शङ्खधर साख्वा ।

२०.प्रदेश १ को स्थायी राजधानी विराटनगर कहिले तोकिएको हो ?

– वि.सं. २०७६ बैशाख २३ गते

२१.अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

 -जुन २१

२२.तामाङ जातिको संस्कृति,परम्परा आदिको संरक्षण गर्ने उदेश्यले तामाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?

-रसुवा

२३.पुतली घर नामक कृतिका लेखक घनश्याम खड्का हुन् भने सयौँ पुतली नामक कृतिका लेखक को हुन् ? 

-उमा सुवेदी

२४.अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि कहिले अमेरकाको १६ औं राष्ट्रपति बन्न सफल भए ?

-सन् १८६१

२५.लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको निशान छापमा समेट्ने सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? 

-विसं २०७७ असार ४

२६.नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ?

– विसं २०६६ मङ्सिर १ गते 

२७.विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजना गर्ने पहिलो एसियाली सहर कुन् हो ? 

-जापानको टोकियो

२८.सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?

– रवीन्द्रनाथ टैगोर (भारत)

२९.विश्वकै सानो मुद्रा कुन हो ?

– जावा

३०.हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गर्छ ?

 -२१

 


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com