दिल्ली नगर निगमको चुनाव परिणाममा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (AAP) ले १३४ सीटहरू सहित दिल्ली नगर निगम (MCD) को चुनाव जितेको छ।भारतीय जनता पार्टी (BJP) को १५ वर्षको शासन सत्ताको अन्त्य भयो। २५० सदस्यीय नगरपालिकामा भाजपाले १०४ सिट जितेको छ भने कांग्रेस ९ सिटमा सिमित भएको छ ।
बीजेपीले २०१७को चुनावको तुलनामा आफ्नो भोट संख्या ३ प्रतिशतले बढाउन सफल भयो। यसले कुल मतदानको ३९.०९ प्रतिशत प्राप्त गर्यो जबकि AAP को संख्या पनि २१.०९ प्रतिशतबाट ४२.०५ प्रतिशतमा पुग्यो। सन् २०१७ मा, बीजेपीले तत्कालीन २७० नगरपालिका वार्डहरू मध्ये १८१ वटा जितेको थियो भने AAPले मात्र ४८जितेको थियो र कांग्रेसले ३० सँग तेस्रो स्थानमा थियो।