स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश


स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश

फिफा विश्वकपमा स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्रिस्टियानो रोनाल्डोको स्थानमा आएका गोन्कालो रामोसले ह्याट्रिक गर्दै पोर्चुगललाई जीत दिलाए । गत महिना मात्र पोर्चुगलमा डेब्यु गरेका २१ वर्षीय फरवार्ड गोन्कालो रामोसले आफ्नो देशको लागि पहिलो सुरुवात गरेका थिए।

रामोसले १७औं मिनेटमा सुरुवाती गोल गरे र ५१औँ र ६७औँ मिनेटमा अन्य गोल थपे।खेलको ७२औं मिनेटमा रोनाल्डो वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका थिए।पोर्चुगलका डिफेन्डर पेपे र राफेल गुरेइरोले पनि गोल गरेपछि खेल सकिएको थियो । खेलको अन्तिम समयमा राफेल लिओले गोल थपे ।

स्वीट्जरल्याण्डका लागि म्यानुएल अकान्जीले गोल गरे । पोर्चुगल सन् १९६६ र २००६ पछि तेस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो र शनिबार मोरक्कोसँग खेल्नेछ।रामोसले ह्याट्रिक