फिफा विश्वकप २०२२, मोरक्को विरुद्ध स्पेन, राउन्ड अफ १६ खेलमा स्पेन र मोरक्कोले १२० मिनेटमा उत्कृष्ट प्रयास गरे तर गतिरोध तोड्न सकेनन्। स्पेनले गोल गर्ने सबैभन्दा धेरै मौका पाए पनि मोरक्कोको बलियो डिफेन्सले गर्दा खेल पेनाल्टी सम्म पुग्यो। मोरक्कोका गोलकिपर यासिन बोनौले पेनाल्टी सुटआउटमा तीनवटा बचाउ गरेपछि उनको टोलीले ३–० को जित निकाल्यो ।
पाब्लो साराबिया, कार्लोस सोलर र सर्जियो बुस्केट्सले पेनाल्टी मिस गरे। यसैबीच अचराफ, हकिम र सबिरिको पेनाल्टीले मोरक्कोलाई जित दिलायो र पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको गर्यो।मोरक्को सन् २०१० पछि विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो।