प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय


प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय

मंसिर-२०,मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको छ। सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको जस्ता सामानको आयातमा प्रतिबन्ध लगाएका थियो।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशबाट आयात प्रतिबन्ध गरिएका वस्तुमा कुरकुरे‚ कुरमुरे‚ लेज‚ मदिरा‚ चुरोट तथा सुर्तीजन्य वस्तु र हिरा रहेका छन्। त्यसैगरी गाडीहरुमा १५० सीसीभन्दा माथिका मोटरसाइकल,जीप‚ कार अनि ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन ,३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन रहेका थिए।