माओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी खर्च विवरण


माओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी खर्च विवरण

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहे अनुसार प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चुनावी खर्च विवरण पेस गरेका छन् ।

दाहालको कुल जम्मा निर्वाचन खर्च २२ लाख ६४ हजार ५ सय रुपैयाँ भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा समक्ष पेस गरेका हुन् ।उक्त विवरणमा प्रचार सामग्री, सवारी साधन, प्रतिनिधि परिचालनमा खर्च भएको उल्लेख छ । 

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्च गर्नुपर्ने हद तोकिएको थियो । प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्च गर्नुपर्ने हद तोकिएको थियो ।