हालै सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं-१ बाट प्रतिनिधिसभा सदस्यका उ्मेदवार रवीन्द्र मिश्रले चुनावि खर्च विवरण निर्वाचन आयोग समक्ष पेश गरेका छन्। विवरण अनुसार उनको जम्मा खर्च २४ लाख ४९ हजार ६०७ रूपैयाँ रहेको छ।
सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा उनले रू २१ लाख ५० हजार खर्च गरेका थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएका थिएँ।
निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाख रहेको छ।यस पटक निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेका रवीन्द्र मिश्रको खातामा कूल सहयोग लगभग रू ३३ लाख हुन गएको थियोनिर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जाने कुरा रवीन्द्र मिश्रले बताएका छन्।