दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश


दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेका राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । मनाङ प्रदेश सभा-२बाट निर्विरोध प्रदेशसभामा निर्वाचित भएका गुरुङ पछिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद भएर प्रदेश मन्त्रीको रुपमा काम गर्दै आएका छन् ।

गुरुङले हिजो एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुरुङलाई पार्टीमा स्वागत गरेका छन् ।