विद्युतबाट चार्ज हुने बिश्वकप फुटबलमा खेलिने बल


लेखक : लेखापढी      १९ मंसिर २०७९, सोमबार १२:२० मा प्रकाशित     
विद्युतबाट चार्ज हुने बिश्वकप फुटबलमा खेलिने बल

फुटबललाई प्रविधिको दृष्टिकोणले सबल बनाउन VAR (Video assistant referee) को प्रयोग भएको थियो। मैदानमा गोल हुँदा वा केही विवाद सिर्जना हुँदा बलको सही स्थान पत्ता लगाउन Artificial intelligence को प्रयोग गरिएको छ।

जर्मनी को kinexon कम्पनीले खेलमा प्रयोग हुने artificial intelligence प्रविधि बनाउने कार्य गर्दछ।पहिले यस कम्पनीले खेलाडीहरूको लागि एउटा सेन्सर बनायो जसले खेल अवधि मा खेलाडीको स्वास्थ्य स्थिति र स्थानको सम्पुर्ण जानकारी राख्छ।

अहिले उक्त कम्पनीले यस्तो सेन्सर बनाएको छ जुन बल भित्र राखिएको छ। यो सेन्सर को तौल १४ ग्राम छ र यसको बैटरी ब्याकअप ६ घण्टा रहेको छ। खेल हुनुभन्दा अघि बल लाई चार्ज गर्नु पर्छ। मैदानमा बललाई किक गर्ने बित्तिकै सेन्सर चालू हुन्छ। यसले १ सेकेन्ड मा ५० फ्रेमको हिसाबले डाटा पिक गर्छ। उक्त डाटा सेन्सरले मैदानमा लगाएको एन्टेनामा पठाउँछ र यसले सटीक समय बताउँछ।यो प्रविधिले VAR को काम सहज गरेको छ।

कति जोरले बललाई किक गर्यो र खेलाडीको खुट्टामा बल कति समय रह्यो सबै डाटा संकलन गर्छ। यस प्रविधिले खेलाडीको खेल प्रदर्शनको जानकारी दिन्छ।

यो प्रविधिलाई फुटबल भित्र राख्न धेरै जटिल थियो।यसका लागि एडिडासले ३ बर्ष को समय लगायो।बिश्व कपमा खेलिने यो बल पाकिस्तान मा बनेको हो।