बेदकोट नगरपालिकामा तालाबन्दी


बेदकोट नगरपालिकामा तालाबन्दी

बेदकोट नगरपालिका,कञ्चनपुर

चुनाव आउँछ नेताहरु भोट माग्न घर घर पुग्छन। प्रतेक पटक नयाँ नया आश्वासन दिन्छन् तर समाधान कहिले हुँदैन ।

त्यस्तै विषय अहिले छाडा चौपाया ब्यवस्थापन को उठेको छ।स्थानीय सरकार आउँछ जान्छ तर चौपाया को समाधान कहिले हुँदैन।स्थानियहरुको पटक पटक अनुरोध गर्दा पनि सुनवाइ नभएपछि बेदकोट नगरपालिका स्थानीय बासिन्दाहरुले नगरपालिकामा ताला लगाएका छन्। जनप्रतिधीहरुको ध्यान जनताको समस्यातर्फ कहिले जाला?स्थानीयहरु जनप्रतिनिधले आफू सँग कुरा गर्न नमानेपछि आक्रोशित बनेका छन्। स्थानीय महिलाहरुले छाडा चौपाया नगरपालिका भवन भित्र हुलेका छन्।