घाटामा चलिरहेको नेपाल रेल्वे कम्पनी,आम्दानी कम खर्च धेरै


घाटामा चलिरहेको नेपाल रेल्वे कम्पनी,आम्दानी कम खर्च धेरै

नेपालमा पहिलो रेल सेवा सन् १९२७ मा अमलेखगञ्ज (नेपाल) देखि रक्सौल (भारत) सम्म ४८ किलोमिटर लम्बाईमा सुरु भएको थियो। जुन सन् १९६० मा बन्द भएको थियो। भारतको जयनगरदेखि नेपालको जनकपुर र बिजलपुरालाई ५१ किलोमिटर लम्बाईमा जोड्ने दोस्रो रेल सेवा सन् १९३७ मा सुरु भएको थियो। 

 अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा छ।

नेपालभित्र दक्ष जनशक्तिको अभाव भएका कारण भारतबाट रेल सञ्चालनका लागि कर्मचारी ल्याइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। 

हाल मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने सहमतिमा भारतीय कम्पनीलाई सञ्चालनको जिम्मा दीइएको छ। अहिले नेपाल रेल्वे कम्पनी अनुसार रेल्वे को मासिक आम्दानी लगभग ६५ लाख मात्र छ। आम्दानी भन्दा धेरै खर्च भएकोले रेल्वे कम्पनी घाटामा गहिरहेको छ।