मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत अवस्थामा फेला


मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत अवस्थामा फेला

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत अवस्थामा भेटिएका छन् । नेपाल पत्रकार महासङ्घको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन उनी सर्लाही पुगेका थिए ।सर्लाही स्थीत लालबन्दी नगरपालिका -१३, पत्थरकोटमा रहेको होलिडे रिसोर्टको कटेजमा शुक्रवार राति बसेका भट्टराई शनिबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

 ६७ वर्षीय भट्टराई को घर सप्तरी, राजविराज हो।राति खाना खाएर उनी कटेजमा सुत्न गएका थिए । भट्टराई पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्षसमेत रहेका थिए। प्रहरीका अनुसार ओछ्यानमा बान्ता गरेको र उनले खाने औषधि छरपस्ट अवस्था भेटिएको थियो। भट्टराईको सव पोष्टमार्टमका लागि मलङ्गवा स्थीत प्रादेशिक अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरी श्रोतले जानकारी दिएका छन्।

उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए।मृत्युको खबरपछी नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको छ।