अवैध रुपमा भारतबाट कञ्चनपुरतर्फ ल्याउदै गरेको भारतीय यूरिया मल नेपाल प्रहरीले समातेको छ। भारतबाट भन्सार छलेर ल्याउदै गरेको २० बोरा यूरिया मल कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर-१० मा पर्ने दोदा पुलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
हिजो साँझ अटोमा धनगढी तिर ल्याउँदै गर्दा मलका बोरा नियन्त्रणमा लिइएको थियो।वडाध्यक्ष सुकदेव रानाले उक्त युरिया सशस्त्र सीमा सुरक्षा बललाई जिम्मा लगाएको बताएका छन्।