एनआईसी एसिया बैंकले ‘फुटबल विश्वकप २०२२’ विशेष अफर ल्याएको छ।मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई लक्षित गर्दै मोबाइल बैंकिङ एप प्रयोग गर्ने ३०० जनालाई विश्वकप फुटबलको फाइनल खेल सिनेमा हलमा निःशुल्क हेर्न मिल्ने व्यवस्था गरिनेछ।
त्यसैगरि बैंकको मोबाइल बैंकिङ एप मार्फत विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने ग्राहकहरुमध्ये प्रत्येक खेलमा पाँच देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप बैंकले प्रदान गर्नेछ ।
उक्त एपमा प्रयोगकर्ताको सहजताको लागि विश्वकपका खेल सम्बन्धी सम्पूर्ण विवरण र खेल तालिकाको समावेश गरिएको छ । एप प्रयोगकर्ताले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।
फाइनल खेल हेर्नका लागि काठमाडौंस्थित एक सिनेमा हलमा व्यवस्था गरिने जानकारी बैंकले दिएको छ। प्रयोगकर्ता लाई वितरण गरिने ३०० ओटा टिकटमध्ये १४० प्रयोगकर्तालाई र १६० वटा टिकेट मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने मर्चेन्टहरूलाई प्रति मर्चेन्ट दुईदेखि चार ओटाका दरले टिकट वितरण गर्ने बैंकले जनाएको छ ।