यान्त्रिक परीक्षणका कारण त्रिभुवन विमानस्थलमा आज हुने उडान ढिलाइ


यान्त्रिक परीक्षणका कारण त्रिभुवन विमानस्थलमा आज हुने उडान ढिलाइ

अन्तर्राष्ट्रिय विमानस्थलमा आज  क्यालिब्रेसन उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले आज ११ बजेबाट त्रिभुवन विमानस्थलमा दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यो उडान बेलुका ५ बजेसम्म हुनेछ। विमानस्थलको कम्युनिकेशन, नेगिभेसन र सर्भिलेन्समा जडित उपकरणहरूले काम गरे नगरेको विषय सम्बन्धी परीक्षण गर्नेछ। परिक्षण समयभरी अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए। क्यालिब्रेसन उडानले विमानस्थलबाट हुने आजको उडानमा ढिलाइ हुनेछ। यसका लागि विमानस्थलले सम्बन्धित वायुसेवाहरूलाई पहिले नै जानकारी गराइसकेको बताएका छन्।