स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बनाएका छन्।
मतदान सकिएको लामो समय पछी स्याङ्जा-२ मा मतगणना सुरु गरिएको हो । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले बुथ कव्जा गरी मतदान गरेको आरोप लगाएपछि नेकपा एमाले लगायतका राजनीतिक दलले मतगणना रोकेका थिए ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस उमेद्धार धनराज गुरुङले 3901मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उमेद्धार पदमा अर्यालले 3247मत ल्याएकी छिन् । त्यसै गरी राष्ट्रीय स्वतन्त्र पार्टीका गुरुङले 589मत प्राप्त गरेका छन्।