क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित संगै क्यानडा बाहिरियो


क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित संगै क्यानडा बाहिरियो

विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ ।  आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो ।  

कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा  भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो ।  क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।  

खेलको ३६ औं मिनेटमा आन्द्रेज रामारिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए ।  खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए ।  खेलको ७० औं मिनेटमा कर्मारिचले गोल गर्दै क्रोएसियालाई ३–१ गेलको अग्रता दिलाए । 

खेलको इन्जुरी समयमा लोभरो माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ गोलको जित दिलाए ।  जितसँगै क्रोएसियाले दुई खेलबाट ४ अंक जोडेको छ । क्रोएसिया समूह एफको शीर्ष स्थानमा छ ।  पराजित क्यानडा दुई खेलबाट अंक बिहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।