दिग्गज बलिउड अभिनेता विक्रम गोखलेको निधन


दिग्गज बलिउड अभिनेता विक्रम गोखलेको  निधन

दिग्गज बलिउड अभिनेता विक्रम गोखलेको निधन भएको छ। 

पुणेको दीनानाथ मंगेशकर अस्पतालमा उपचार गराइरहेका दिग्गज बलिउड अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षिय गोखलेका श्रीमती र दुई छोरी छन्। उनको उपचार भइरहेको थियो र धेरै अंग फेल भएका थिए। शुक्रबार विक्रम गोखलेको स्वास्थ्यमा सुधार आएपनि शनिबार बिहान उनको स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । ‘भुल भुलैया’, ‘हम दिल दे चुके सनम’ र ‘नटसम्राट’ जस्ता ब्लकबस्टर फिल्ममा आफ्नो अभिनयका लागि परिचित थिए विक्रम गोखले।