क्राइम थ्रिलर फिल्म दृश्यम-२,१०० करोड क्लबमा प्रवेश


क्राइम थ्रिलर फिल्म दृश्यम-२,१०० करोड क्लबमा प्रवेश

दृश्यम-२,अभिषेक पाठकको निर्देशनमा बनेको यो चलचित्र रिलिज भएको एक सातामै १०० करोड क्लबमा प्रवेश गरेको छ । अजय देवगन र तब्बु अभिनीत फिल्मले आफ्नो रिलिजको सातै दिनमा ८.६२ करोड कलेक्सन गर्यो र यसको कुल घरेलु बक्स अफिस कलेक्सन १०४.६६ करोड पुगेको थियो। फिल्ममा श्रिया शरण, अक्षय खन्ना, इशिता दत्ता र सौरभ शुक्लाको पनि अभिनय रहेको छ ।


यो चलचित्र अजय देवगनको २०१५ को क्राइम थ्रिलर दृश्यमको सिक्वेल हो, जुन मोहनलाल अभिनीत मलयालम चलचित्रको हिन्दी रिमेक थियो। २०२१ को फेब्रुअरीमा रिलिज भएको मलयालम फिल्मको सिक्वेल हो। यसलाई भूषण कुमार, कुमार मंगत पाठक, अभिषेक पाठक र कृष्णन कुमारले निर्माण गरेका हुन्।