लोकसेवा आयोग तयारी : “नेपालका विकास योजना” सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-२)


लोकसेवा आयोग तयारी : “नेपालका विकास योजना” सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-२)
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक नेपालका विकास योजना सम्बन्धि प्रस्तुत गरेका छौ ।

(भाग-२)

१.सातौ पञ्चबर्षिय(२०४२/४३-२०४६/४७) योजनावधिमा  अनुमानित खर्च कति थियो?

– ५० अर्ब ४१ करोड

२.सातौ पञ्चबर्षिय योजनामा कुन क्षेत्रको लगानी कति प्रतिसत थियो?

– निजि क्षेत्रको ५९ प्रतिसत र सरकारी क्षेत्रको ४१ प्रतिसत

३. नेपालमा योजना बिहिन वर्षको रुपमा कुन कुन वर्ष रहे?

– वि.स.२०१८,२०४७ र २०४८

४. राज्य केन्द्रित अवधारणाबाट निजि क्षेत्र केन्द्रित अवधारणा भएको योजना कुन हो?

– आठौ पञ्चबर्षिय योजना(२०४९-२०५४)

५. आठौ योजनावधिमा कति रकम खर्च गर्ने लक्ष्य गरिएको थियो?

– १७०३३.२ करोड

६.आठौ योजनामा कुन क्षेत्रको लगानी कति प्रतिसत गर्ने लक्ष्य थियो?

– निजि क्षेत्रको ६४.१ प्रतिसत र सरकारी क्षेत्रको ३५.९ प्रतिसत

७. नवौ पञ्चबर्षिय(२०५४-२०५९) योजनाको एकमात्र लक्ष्य के थियो?

– गरिबी निवारण

८.नवौ योजनावधिमा कति रकम खर्च गर्ने लक्ष्य गरिएको थियो?

– ३७२७१.१ करोड

९.नवौ योजनामा कुन क्षेत्रको लगानी कति प्रतिसत गर्ने लक्ष्य थियो?

– निजि क्षेत्रको ६६.४ प्रतिसत र सरकारी क्षेत्रको ३३.६ प्रतिसत

१०.नवौ योजनामा गरिबीलाई कति प्रतिसतमा झर्ने लक्ष्य थियो?

– ३२ प्रतिसत (कायम रहेको ३८ प्रतिसत)

११. नवौ योजनावधिमा वार्षिक आर्थिक वृद्धिदर  कति प्रतिसतमा कायम गर्ने लक्ष्य थियो?

– ६ प्रतिसत(कायम रहेको ३.९ प्रतिसत)

१२. नवौ योजनावधिमा बैदेशिक सहायताबाट कति प्रतिसत ब्यहोरिएको थियो?

– ५६.३ प्रतिसत (लक्ष्य ५८.५ प्रतिसत)

१३. दशौ योजनावधिमा वार्षिक आर्थिक वृद्धिदर  कति प्रतिसतमा कायम गर्ने लक्ष्य थियो?

– ६.२ प्रतिसत

१४. दशौ योजनामा विशेस जोड दिइएका क्षेत्रमध्ये पहिलो प्राथमिकताको क्षेत्र कुन हो?

– कृषि विकास,प्राकृतिक श्रोतको दिगो व्यवस्थापन तथा जैविक विविधता

१५. दशौ योजनाको पहिलो रणनीति कुन हो?

– उच्च,दिगो र फराकिलो आर्थिक वृद्धि

१६.नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र लक्ष्य के थियो?

– गरिबी निवारण

१७. त्रिबर्षीय अन्तरिम योजनाको दीघकालीन उदेश्य के रहेको थियो?

– समृद्ध,आधुनिक र न्यायपूर्ण नेपालको निर्माण

१८. त्रिबर्षीय अन्तरिम योजनामा कति बिधुत उत्पादन भएको थियो?

– ६९३.७ मेगावाट

१९. त्रिबर्षीय अन्तरिम योजनावधिमा कति रकम खर्च हुने अनुमान रहेको थियो?

– ५८७.७ अर्ब

२०. त्रिबर्षीय अन्तरिम योजनामा कुल खर्च मध्ये बैदेशिक सहायताको अंश कति प्रतिसत रहेको थियो?

– २७.५१ प्रतिसत


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com