विश्वकप फुटबल : इरानमाथि इंग्ल्यान्डको सहज जित


विश्वकप फुटबल : इरानमाथि इंग्ल्यान्डको सहज जित

इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जित निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जित निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो । 

यो जितसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । उसका लागि जुड बेलिङघमले गोलको खाता खोलेयता बुकायो साकाले दुई गोल गरे ।

यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयको अन्त्यतिर पेनाल्टीबाट गरे ।

इरानले चोटका कारण पहिलो हाफमा पहिलो रोजाइका गोलरक्षक सइद हुसेन हुसेइनीलाई गुमाएको थियो र यसले उसको खेल प्रभावित रह्यो ।