बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडानम्बर-७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीको गोलीले एक जनाको मृत्यु भएको हो। गोलि लागेर सोही ठाउँका सुरेन्द्र ऐडीको मृत्यु भएको खबर वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरेका छन्। गोली चलेपछि भागदौड को क्रममा आधा दर्जन बढी स्थानीय घाइते भएका छन्।
त्यहाको माहोल त्रासपूर्ण र चारैतिर कोलाहल, रुवाबासी चलेको छ। स्थानीय जनताहरुले प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन्।’ घाइते भएकाहरुको पहिचान खुल्न सकेको छैन्।घाईतको उद्धारका लागि सेनाको हेलिकप्टर बाजुरा पठाईएको छ। मतदानकेन्द्रमा मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।