के गरौं !!


के गरौं !!
ब्वारी सङ्ग लिई बिदेश तिर ग्या, चेला भणी के गरौं ।
तौडिन्ज्या उन डौरिया जिलिटुटी, बेला खणी के गरौं ।१
 
आँखा कान फुट्या बुडा इजबुवा, हिट्टानलठ्ठी सित ।
चेलो लाख कमौन्छ रात दिन मै, बस्सौ ठणी के गरौं ।२
 
चेला नाति-पनाति छन् रगतका, मौ जौ छ भण्णा कि त ।
एक्लै बस्स छ कर्ममा जुनिजुनी, भित्रैमणि के गरौं ।३
 
चेली ज्वाइँ मदेस नातिनतिना, सम्धी घरै सम्धिनी ।
झान्थ्या भेट्ट उठौ त कण्ण कठियो, बस्सौ कणि के गरौं ।४
 
को सम्झन्छ बुझन्छला दिन गया, पानी नपौन्या भया ।
आफ्नो भण्ण रएन क्वै दुख पड्या, पैसा गणि के गरौं ।५


केशव मडै 
सुर्नया -५ मडगाउँ रामकी बरायल बैतडी 
अच्याल : युएई, अजमान 
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले प्रस्तुत कबिता “शार्दूलविक्रीडित छन्द” (सुदुरपश्चिमी भाषा) मा लेख्नुभएको छ। – लेखापढी डटकम)