विश्वकप फुटबलका महत्त्वपूर्ण ‘इभेन्ट’हरू निः शुल्क, बाँकी खेल हेर्न अतिरिक्त शुल्क लाग्ने


लेखक : लेखापढी      ३० कार्तिक २०७९, बुधबार १९:४७ मा प्रकाशित     
विश्वकप फुटबलका महत्त्वपूर्ण ‘इभेन्ट’हरू निः शुल्क, बाँकी खेल हेर्न अतिरिक्त शुल्क लाग्ने

काठमाडौं- सर्वोच्च अदालतले फिफा विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क लिएर प्रशारण गर्न मिल्ने आदेश दिएको छ।

न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश जारी गरेको छ। 

आदेशमा मिडिया हब र हिमालयन टेलिभिजन नेटवर्कबीच करार भएको उल्लेख गरिएको छ। सो करार भएको हुँदा महत्त्वपूर्ण चार खेल जस्तै– उद्घाटन, दुई सेमी-फाइनल र फाइनल खेल सर्वसाधरणले निःशुल्करुपमा हेर्न पाउने छन् ।

अन्य खेलहरू हेर्न इच्छुक दर्शकले मिडिया हबले निर्णय गरे बमोजिमको शुल्क तिरेर विश्वकप फुटबलका खेलसँगै अन्य कार्यक्रमहरू हेर्न सक्ने छन् ।