डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुरा र बैतडीका आमसभालाई सम्बोधन गर्ने भएका छन् । डडेलधुराका तीन र बैतडीमा एउटा चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ ।
आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेलधुरा पुग्ने र ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।