काठमाडौं । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन काठमाडौं उपत्कामा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म आन्तरिक सवारी आवगमन बन्द हुने भएको छ ।
एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।
बुधबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।