युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य


लेखक : लेखापढी      ३० कार्तिक २०७९, बुधबार १२:३६ मा प्रकाशित     
युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य

नेपालले यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ९२ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको हो ।

युएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय इनिङ खेले । अलिशन शराफुले ३५ रन जोड्दा बसिल हामिदले २४ रन बनाए ।

ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिँदै यूएईको मध्यक्रमलाई भत्काएका थिए । ललितले १० ओभरमा ४१ र सोमपालले ७.२ ओभरमा ३५ रन खर्चे । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

पहिलो खेलमा ८४ रनले पराजित भई तीन खेलको शृंखलामा पछाडि परेको नेपाली टोलीमा एक परिवर्तन गरिएको छ ।