मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा घोषणा


लेखक : लेखापढी      २९ कार्तिक २०७९, मंगलवार १४:३१ मा प्रकाशित     
मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा घोषणा

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । 

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।