लगभग ३ कराेडमा बिक्याे सन १९७० मा स्टिभ जब्सले लगाएको चप्पल


लेखक : लेखापढी      २९ कार्तिक २०७९, मंगलवार १३:२० मा प्रकाशित     
लगभग ३ कराेडमा बिक्याे सन १९७० मा स्टिभ जब्सले लगाएको चप्पल

एक जाेर चप्पलको मूल्य लगभग कति पर्ला ? एक सय देखि १० हजार सम्म ! तर के तपाइलाइँ लाग्न सक्छ त एक जाेर चप्पल लगभग ३ कराेडमा बिक्रि हुन सक्छ ? हाे यस्तै भएकाे छ । अहिले स्टिभ जब्स लगाले लगाएको चप्पल झण्डै २,२०,००० डलरमा (नेपाली २ कराेड ८२ लाख रूपैंया) बिक्री भएको एउटा लिलामी घरले जनाएको छ।

क्यालिफोर्नियाको घर जहाँ स्टिभ जब्सले एप्पलको सह-स्थापना गरेका थिए, त्यो एउटा ऐतिहासिक स्थल हो ।  जुलियन्स अक्सनका अनुसार सन् १९७० को दशकको “राम्ररी प्रयोग गरिएको” खैरो साबर बर्केनस्टक्सले एक जोडी स्यान्डलको लागि अहिलेसम्म तिरेको सबैभन्दा उच्च मूल्यको रेकर्ड कायम गरेको छ, ले आइतवार बताएकाे छ।

‘जुटबाट बनेको चप्पल स्टिभ जब्सको पाइतालाको निशान देखिन्छ किनकि उनले वर्षौंसम्म त्यही चप्पल लगाएका थिए,’ अक्सन हाउसले आफ्नो वेबसाइटमा लेख्यो । 

चप्पलकाे बिक्रि ६० हजार डलरमा हुने अपेक्षा गरिएको थियो, तर अन्तिम बिक्री मूल्य २ लाख १८ हजार ७ सय ५० डलरमा लिलामी भयाे, जुलियनले भने  । चप्पल खरिदकर्ताकाे नाम उल्लेख गरिएको थिएन।

सन् २०११ मा अग्नाशयको क्यान्सरको जटिलताबाट जब्सको मृत्यु भयो।

क्यान्सरका कारण जब्सको मृत्यु सन् २०११ मा भएको थियो । एजेन्सीकाे सहयाेगमा