माटो जोगाऔ अभियान


लेखक : लेखापढी      २८ कार्तिक २०७९, सोमबार ०८:३० मा प्रकाशित     
माटो जोगाऔ अभियान

पृथ्वीमा १२ प्रतिशत मात्र खेतीयोग्य जमिन छ, त्यहि पनि विश्वमा मानव बिकासको क्रमसंगै  उर्वर जमिनको कमि हुँदै गएको छ। भएका ६०% जमिनहरू कंक्रिटमा स्थानान्तरण भईसकेका छन कति त अझै हुनेअवस्थामा छन । जुन अवस्था निरन्तर रहि रहने हो भने हामी मानवले नै आफनो अस्तित्व आफैले समापन गर्ने छौ, एक दिन। मानव जीवनमा गाँस, बास र कपास पहिलो आधारभुत तह हुन। जसलाई अर्को अपरिहार्य तत्व जल, जमिन, वायु, भुमि हुन जुन बिना मानव इतिहासको कल्पना समेत गर्न सकिँदैन। विश्वको जनसंख्या तिब्रगतिमा वृद्धि भई रहदाँ मानिसले आफनो बास स्थल वा भवन बनाउदा खेतीयोग्य  जमिन लोप हुँदै गईरहेको छ।

अर्को तिर आवासिय  क्षेत्रको निमित भन्दै उर्वर भुमिलाई पुजिवादीहरूले व्यापारीकरण गरिरहदाँ हाम्रो अस्तित्व नै सकंटमा पर्ने देखिदै आएको पाईन्छ। व्यापारी, भु-माफिया मिलिमत‍ो गर्ने कर्मचारीहरूले भने अरबौ अकुत सम्पति कमाएको देखिन्छ। प्लटिङको नाममा कतै अस्तित्व नै समापन त हुने होईन? विश्वका धेरै देशले यसलाई उचित ब्यवस्थापन अभ्यास  गरि रहदाँ नेपालमा भने यसको कुनै मतलब छैन । नेपालको कुल भुभागको २९ % मा खेतीयोग्य  माटो छ, त्यहि पनि २०६२/२०६३ पछिका ७० प्रतिशत छोटेलालहरू, आफुलाई बुद्दिजिबी भनाउदाहरूले आफुलाई हित हुनेखालमा भुमि ऐन ल्याउने र कमाउधन्दा चलाएर फाईदा उठाए तर त्यसको असर तिनिहरूलाई पनि भविष्यमा  पर्नेछ।

"आफुले खनेको खाडलमा मानव पुस्ता आफै पर्दैछन" 

त्यसलाई  पनि पुजिकरण गर्दा हामी  जस्तो  अविकसित  राष्ट्रले के हालत भोग्नु पर्ला? कसैले यसलाई मध्यनजर र अध्ययन  गरेका छौ ? यसको नतिजा के आउछ ? अबको  हाम्रो आगामी पुस्ता को हालत के हुन्छ होला? १००/१५० वर्षमा कुन अबस्थामा पुग्लान नेपालीहरू? कता जादैछ मानव पुस्ता ? गाँस, बास र कपास बिना पनि मानव चोला सम्भव होला र? के अबको हाम्रो  पुस्ताले चिनले बनाएको प्लाष्टिक को चामलमा जीवनयापन गर्नु पर्ने हो? के विज्ञान वातावरण, मानव र प्रकृति भन्दा माथि छ ? यसो  हेर्दा माथिका प्रश्न  हासि-मजाक लाग्नेखालका भए पनि अहिले नै हामीले आवासिय क्षेत्र र खोतियोग्य जमिनको पहिचान गरि उचित  व्यवस्थापन  गरेनौँ भने भावि सन्तततिको कल्पना पनि नगर्दा हुन्छ। परनिर्भर भएर कतिबर्ष बाचिएला? अहिले नै खाद्यान्न आपूर्ति ९१% छ जाबो ९% मात्र छ हाम्रो, यदि भारतले रोक लगायो भने के हुन्छ हाम्रो हालत कुनै  विज्ञ र नेपाल सरकारले केही सोचेको छ?

अब्यबस्थित सहरीकरण र विकासको नाममा उर्वर जमिनमा निर्माणका ठुला-ठुला मेसिनहरू मनलाग्दी  हिसाबले अध्ययन बिना काम गर्दा एक त उर्वर जमिन बर्षेनी २०% कमि हुदैछ, अर्कोतिर प्राकृतिक प्रकोप बढेको ६१% को दरले बढदै छ। यसको प्रत्यक्ष असर वातावरणमा पर्दैछ । हाल पृथ्वीबाट धेरै प्राणि लोप भैसकेका छन, केहि लोपोन्मुख संगै मानव अस्तित्व संकटमा परेको छन।

केहि पुजीवादीहरूले आफ्नो व्यवसाय चलाउनको निमित्त सरकार र त्यसका सम्बन्धित  निकायहरूलाई नै लिलामी गरेर आफ्नो हितमा काम गरेपनि असर पर्ने भनेको मानव सभ्यतामै हो यसको चेतना हुनु जरूरत छ। आखिर हामी आफै भुमरीमा पर्ने हौ, प्रकृति  ले त हामीलाई बर्दान स्वरूप उपहार मानवले  पाएका मात्रै हौ।

अन्त्यमा मेरो अनुरोध नेपालीहरू र नेपाल सरकारलाई :
नेपाल एक कृषि प्रधान देश, त्यसमा पनि भुपरिवेष्टिक राष्ट्र, फरक फरक भुगोल जस्तै: हिमाल, पहाड र तराई भएको देशको मानव भएको हैसियत पनि एकचोटी  गम्भीरतापुर्वक निस्वार्थ, अकुत पुजी प्रलोभन बिना छातीमा हात राखेर आफु र आफ्नो सन्ततिलाई सम्झेर माटोको संरक्षण गर्ने बेला आएको छ। जसले जे, जसरी  सक्छौ  त्यसै गरि माटोको संरक्षण  गरौ अरूलाई मात्र दोषारोपण  नगरौ अन्यथा “ठाउँ  न थर, बुढीको रहर” जस्तो साबित  नहोस।

 नेपाल सरकारले  गर्नु पर्ने कार्यहरू:

१) सम्वन्धित  विज्ञहरूसगँ  परामर्श सल्लाह गरि प्रतिवेदन तयार पार्ने, विश्लेषण, अनुसन्धान  गरि  भुमिको वर्गीकरण गर्ने ।

२) भुमि संरक्षण  सम्वन्धित  कानुन वनाई कार्यनयन गराउने ।

 ३) वर्गीकरण  गरिएको भुमिको ब्यवस्थापन गर्ने टेवा पुर्याउने ।

४) उर्वर भुमिमा खेति गराउन सम्बन्धित धनीलाई  प्रोत्साहन  गर्ने  आर्थिक  अबस्था कमजोर भएमा उचित व्यवस्थापन गराउने। गर्न नसक्नेको हकमा सरकारले भाडा लिने र कृषिमुलक बिशेष कार्यक्रम सञ्चाल नगर्ने जसले रोजगारीको सिर्जना  गर्ने छ।

५) आवसिय भुमिमा मात्र निर्माणको स्वीकृति  दिने ।

५) भु-सर्वेक्षण पछि मात्र सरकारको तर्फबाट गरिने विकास निर्माण कार्य जस्तैः सडक, खेलमैदान, विमानस्थल आदि कुरामा बजेट स्वीकृत गर्ने गराउने। जस्ले गर्दा दिगो विकास हुन्छ ।राष्ट्र, राष्ट्रिय र मानव अस्तित्व  रक्षा हुन्छ, प्राकृतिक  प्रकोपमा कमि आउछ, स्वरोजगारी हुन्छ।

"प्रकृति भन्दा माथि विज्ञान र मानव जग हुदैन यदि हुन खोज्यौ भने त्यसको क्षति स्वंयम मानव पुस्ता प्राणीजगतले व्यहोर्नु पर्ने हुन्छ"

माटो बचाऔ, जीवन बचाऔ” अभियानका अभियान कर्ता “सदगुरु” जो यहि अभियानलाई सफल पार्ने हेतुले विश्वका १५० ओटा देशको मोटरसाइकलमा भ्रमण गरि हरेक देशका सरकार, मन्त्री, अनुसन्धानकर्ता र अभियान कर्तासंग आफ्नो ज्ञान बाढ्दै यो अभियान र यसको उदेश्य र फाइदाहरू प्रकाश पार्दै नेपाल समेत गत सेप्टेम्बर २, २०२२ मा एउटा सम्मेलनमा  सम्पन्न  गर्नुभयो जुन भव्य र सभ्य थियो। जहाँ विज्ञ, जानकारक, अभियन्ता र कृषिमन्त्री, मन्त्रीहरू, भुतपुर्व/ निवर्तमान  प्रधानमन्त्रीहरूले स्वयम  उपस्थित हुनुभयो। कृषि  मन्त्री  र प्रधानमन्त्रीले त सहम जनाई हस्ताक्षर पनि जनाएछन तर यसको कार्यान्वयन हुनेमा चाहि शंका छ। किनकि नैतिकवान छैनन । केही पैसामा बिक्री हुन्छन। आफन्तवाद, पुजिवाद, कमाउवाद र रमाउवाद भन्दा माथि यिनीहरू जानै सक्दैनन् कि भन्नेमा अझै  पूर्ण बिस्वास गर्न सकिदैन, होइन भने कार्यान्नवयनको गतिमा अघि बढ्नुपर्ने होइन र ?   

माटो जोगाऔ, सम्पुर्ण प्राणीको जीवन जोगाऔ र  मानव अस्तित्व जोगाऔ” यो नै मानव धर्म हो। यसैमा सबैको हित र जित छ।


रुपेश कार्की (बद्रि प्रयास)