डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सर्वोच्चको आदेश


लेखक : लेखापढी      २८ कार्तिक २०७९, सोमबार १४:५३ मा प्रकाशित     
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सर्वोच्चको आदेश

ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगको निवेदनमाथि सुनुवाइ गर्दै डा. कार्कीको उम्मेदवारी कायम राखेको हो ।